६० ट्याब्लेट नाइट्रोभेट सहित हेटौंडाबाट २ जना पक्राउ

स्वर्णिम खबर
१८ चैत्र २०७७, बुधबार १४:५६

१८ चैत्र, हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार हेटौंडाबाट लागुऔषध नाईट्रोभेट सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा ३ बस्ने १८ वर्षीय सुशील बर्तौला र मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने २१ वर्षीय रविन कार्की रहेका छन् । उनीहरुको साथबाट ६० ट्याब्लेट लागुऔषध नाइट्रोभेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलीले हेटौैंडा ३ तीनताप्केमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थमा उनीहरुको साथबाट नाइट्रोभेट बरामद गरिएको प्रवक्ता रिमालले बताउनुभयो । लागुऔषध सहित उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाहीको प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*