देशलाई संकट परेको छैनः प्रधानमन्त्री ओली
१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशलाई र देशको राज्य प्रणालीमा कुनै प्रकारको समस्या नरहेको पनि उहाँले बताउनुभयो ।
मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै प्रकारको समस्या नरहेको स्पष्ट पार्नुभयो । अहिले देशमा समस्या प¥यो भन्ने प्रचार गरिएको भन्दै उहाँले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीेले केही मान्छेहरुको महत्वकांक्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताउनुभयो । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नचाहेको आरोप लगाउनुभएको छ । सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि प्रचण्डले चासो नदिएको बताउनुभयो । सर्वोच्चले पार्टी एकता खारेज गरेको भन्नु ठीक नभएको प्रधानमन्त्री ओलीले टिप्प्णी गर्नुभयो । कार्यक्रमकै अवसरमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने पनि बताउनुभयो ।