नेपालले जित्यो त्रिदेशीय कप फुटबलको उपाधि

स्वर्णिम खबर
१६ चैत्र २०७७, सोमबार १९:५५

१६ चैत्र, काठमाडौं । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २÷१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २÷० ले अग्रता दिलाएका थिए । तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो । नेपालले ३७ वर्षपछि बंगलादेशलाई दशरथ रङ्गशालामा फाइनलमा पराजित गर्दै उपाधि जितेको हो । संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् । जितसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ । विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गर्नुभएको छ । यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । उनले कप्तानी ब्याण्डबाटै संन्यास लिने अवसर पाएका थिए । कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेको थियो । नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले कीर्गिस्तानलाई १÷० ले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*