बायु प्रदुषणको कारण शिक्षण संस्था चार दिन बन्द रहने

स्वर्णिम खबर
१६ चैत्र २०७७, सोमबार १६:११

१६ चैत्र, काठमाडौं । सरकारले मंगलबार देखि चार दिन सम्म देशभरका शिक्षण संस्था बन्द गर्ने भएको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालय र अन्तर्गतका उच्च अधिकारीहरु सहभागि भएको बैठकले मंगलबारदेखि चार दिन सम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । गत शुक्रबार देखि देशभर वायु प्रदुषण बढेकाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चैत १७ गते देखि २० गते सम्म बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताउनुभयो । पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने समेत बताउनु भएको छ । चैत २१ गते शनिबार परेकाले आगामी आइतबार देखि मात्रै शिक्षण संस्था खुल्ने भएका छन् । शुक्रबार देखि काठमाडौं सहित देशभरको वायुमण्डलमा प्रदूषण बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*