एक–दुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेः प्रचण्ड

स्वर्णिम खबर
१४ चैत्र २०७७, शनिबार १९:०१

१४ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।
बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो । केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गएपनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने बताउनुभएको हो । सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस भनेर नै अहिले सम्म समर्थन कायम राखेको उहाँले प्रष्ट पार्नुभयो । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोश आफूहरुमाथि लाग्ने गरेको बताउनुभयो । ओली सरकारमा भएका कारण आफूहरुका माग पुरा गराउन ओलीसँग कुरा गरेको पनि प्रष्ट पार्नुभयो । उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो । यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउनु भएको छ । अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दापनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ । अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*