पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपियोः सभामुख सापकोटा

स्वर्णिम खबर
१४ चैत्र २०७७, शनिबार १७:३८

१४ चैत्र, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।
शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताउनुभएको हो । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अव जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । गत पुस ५ गते देखि फागुन ११ गते सम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताउनुभयो । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको बताउनुभयो । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाले बताउनुभयो । संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार पनि सभामुख सापकोटाले गर्नुभयो । संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पार्नुभएको छ । अहिले केही अन्योलता देखिएपनि निराश हुन पर्ने स्थिति नरहेको उहाँले बताउनुभयो । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि सभामुख सापकोटाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*