आयोजक मकवानपुरलाई हराउँदै गोल्डकपको उपाधि आर्मीले जित्यो

स्वर्णिम खबर
७ चैत्र २०७७, शनिबार १९:३२

७ चैत्र, हेटौंडा । हेटौंडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ ।

हेटौंडा १० स्थिति फरेष्टी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागी पहिलो हाफको ३८ औं मिनेटमा क्याप्टेन टेकबहादुर बुढाथोलीले गोल गरे हुन् । अतिनै रोमाञ्चक खेलमा घरेलु दर्शकको राम्रो साथ र समर्थन पाएको मकवानपुरले राम्रो प्रयास गरेपनि गोल गर्न नसक्दा उपाधि गुमाउन पुग्यो । प्रतियोगिता अन्तर्गत आजको खेलको म्यान अफ द म्याच गोलकर्ता त्रिभुवन आर्मीका टेकबहादुुर बुढाथोकी भए । उनले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे । विजेता भएसँगै नेपाल त्रिभुवन आर्मी फुटबल क्लबले नगद रु. १० लाख सहित मेडल र ट्रफि प्राप्त गरेको छ घने उपविजेता बनोको मकवानपुर ११ ले ५ लाख रुपैँयमा चित्त बुझाएको छ । यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीको पुरसकार आयोजक मकवानपुर ११ का अमिर श्रेष्ठले जितेका छन् । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक त्रिभुवन आर्मी फुटबल क्लबका विश्वास चौधरी, उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मी फुटबल क्लबका दिपक गुरुङ , उत्कृष्ट मिड फिल्डर त्रिभुवन आर्मीका शेषेहाङ आङदम्बे, उत्कृष्ट फरवार्ड आयोजक मकवानपुर ११ का रञ्जन विष्ट र उत्कृष्ट प्रशिक्षक त्रिभुवन आर्मी फुटबल क्लबका नविन न्यौपाने घोषित भए । विद्यागत उत्कृष्ट भएका खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार सहित प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगिताको समापनको अवसरमा मकवानपुर जिल्ला फुटबल संघले मकवानपुरको फुटबल क्षेत्रको उन्नतीका लागी अतुलनिय योगदान गरेको भन्दै निर्मल बल लामालाई लाइफटाइम अचिभमेन्ट अवार्ड स्वरुप माउन्टेन बाइक प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*