विवादको जड नै अध्यक्ष ओलीः माधव नेपाल

स्वर्णिम खबर
४ चैत्र २०७७, बुधबार १७:१३

४ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता माधवकुमार नेपाले पार्टी भित्रको विवादको जड अध्यक्ष केपि शर्मा ओली भएको दाबी गर्नुभएको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) को माधव नेपाल समुहले ललितपुरको सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलिको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उहाँको भनाई थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकिकरण गर्ने बेला जनताको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको बताउनुभयो । ओलीले मदन भण्डारीको बिरासत बोकेको भनि नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीले नै पार्टीलाई विभाजन र बिर्सजनतर्फ लाने दुष्प्रयास गरेको आरोप लगाउनुभयो । नेता खनालले पार्टी भित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गर्नुभयो । ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिडेको उहाँको आरोप छ । एमाले, माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भएपनि एकतालाई भंग गर्ने काम गरेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले पार्टीको नीति, सिद्धान्त अनुरुप सरकार सञ्चालन नगरेको, निर्वाचनमा गरिएको घोषणापत्र अनुरुपको काम गर्न नसकेको तथा भ्र्रष्टाचार उन्मुलनमा कुनै कदम चाल्न नसकेको आरोप समेत लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*