सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न प्रधानमन्त्रीको निर्देशन

स्वर्णिम खबर
१ चैत्र २०७७, आईतवार १६:५९

१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन निर्देशन दिनुभएको छ ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटीका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन निर्देशन दिनुभएको हो । जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभुति हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिनुभयो । उहाँले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताउनुभयो । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उहाँको भनाई छ । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उहाँले कस्तो स्तरको सडक बन्दै छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले सडक निर्माणको कामलाई तिव्रता दिएको पनि बताउनुभयो । आइतबार प्रधानमन्त्री ओलीले दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*