प्रधानमन्त्री ओलीः अध्यादेश फेल गर्ने आँट छ कसैको ?

स्वर्णिम खबर
२४ फाल्गुन २०७७, सोमबार १९:०४

२४ फागुन, काटमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिनुभएको हो । उहाँले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गर्नुभयो । उहाँले संसदमा सांसदहरुले संसदीय मुल्य मान्यता र मर्यादाविरित क्रियाकलाप गरेका आरोप लगाउनुभयो । मुद्दा लडेर संसद पुर्नस्थापना गराएर संसदमा धामी नाँच देखाएका आरोप पनि उहाँले लगाउनुभयो । पुर्नस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गर्ने थलो बनाउनुपर्नेमा त्यसो हुन नसकेको र एसिड आक्रमण विरुद्धको कानुन पास हुन नदिन बैठक अवरुद्ध गरिएको आरोप प्रधानमन्त्रीले लगाउनुभयो । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफु कुन दलको हो भन्ने स्पष्ट भईसकेको भन्दै उहाँले आफुलाई कुन पार्टीको हो भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभयो । मुलुकमा स्थायित्व काम गर्नका लागि आफुले प्रतिनिधिसभा विघटन गरेर चुनावमा गएको दोहोर्याउदै प्रधानमन्त्री ओलीले पुनस्थापन भएपनि “दूरदिन” सुरु भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*