विप्लवसंग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

स्वर्णिम खबर
१८ फाल्गुन २०७७, मंगलवार १६:१८

१८ फागुन, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ ।

मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी सँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरिएको बताउनुभयो । वार्ता टोली सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनुभएको उहाँले जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले सबै ससस्त्र समूह र द्धन्दमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोणको आधारमा वार्ता टोली गठन गरिएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो । मन्त्री गुरुङले विप्लव समुहलाई लगाइएको प्रतिवन्ध, हतियार बिसाउने तथा नेता कार्यकर्तालाई लागेको मुद्धाको विषयमा वार्ताबाटै समस्या समाधान गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*