सहकार्य गरेर जान जसपालाई प्रचण्ड माधव पक्षको प्रस्ताव

स्वर्णिम खबर
१३ फाल्गुन २०७७, बिहीबार १७:२१

१३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्ष र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव पक्षले प्रस्ताव गरेको जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले बताउनुभयो । छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उहाँले बताउनुभयो । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताउनुभयो । जसपा नेताहरुले पटक पटक आफुहरुले गरेको सहमतीमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् । सर्वोच्च आदालतले प्रतिनिधि सभाको पुनस्थापनाको फैसला सुनाएसँगै आगामी दिनमा सत्ता समिकरणको लागि नेकपा प्रचण्ड–माधव पक्षका नेताहरुले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*