राजीनामा दिएको छैनः महान्यायाधिवक्ता खरेल

स्वर्णिम खबर
११ फाल्गुन २०७७, मंगलवार १५:०८

११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ ।
मंगलबार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । आपूmले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकुल बनाउन चाहनेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायधिवक्ता खरेलले बताउनुभयो । आफूले अदालतमा गरेको बहस प्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो । यही कुरालाई प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*