बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

स्वर्णिम खबर
५ फाल्गुन २०७७, बुधबार ११:३४

५ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।
बुधबार दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभाको बैठक बिहान सूचना टाँसेर स्थगित गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ गते टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट दलगत छलफल शुरू गर्ने तयारी थियो । तर ‘विशेष कारण’ भन्दै अन्तिम समयमा बैठक स्थगित गरिएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित भएको उल्लेख छ । यसअघि पनि गत माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै फागुन ५ बस्ने गते बस्ने गरी सूचना निकालेर स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*