प्रधानमन्त्रीको स्पष्टोक्तीः विशेषाधिकार प्रयोग गरेर संसद् विघटन गरें

स्वर्णिम खबर
१ फाल्गुन २०७७, शनिबार १९:२८

१ फागुन, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहको लुम्बिनी प्रदेशद्धारा बुटबलमा सनिबार आयोजना गरेको सभालाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले संविधान सम्मत र विशेषाधिकार प्रयोग गरेर आफुले प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको हो । आफ्नै पार्टीबाट काम गर्न नदिने र मुलुकलाई अस्थिरतामा धकेल्ने षडयन्त्र हुन थालेपछि आफुले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आफुले अहिले सम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट नलडेको र आफुहरुले नै दर्ता गराएको भएकाले सुर्य चिन्ह कसको भन्नेमा विवाद गर्नुनपर्ने दाबी गर्नुभयो । देशमा न्याय नमरेको भन्दै उहाँले आफुहरु सत्यको मार्गमा रहेकाले जीत असंभावी रहेको बताउनुभयो । आक्रोश आवेश र रिस रागबाट सञ्चालित नभई देश बनाउन हिडेकाले आफुहरुले जित्ने दाबी गर्नुभयो । उहाँले निर्मला, भागीरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरुलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*