सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

स्वर्णिम खबर
२८ माघ २०७७, बुधबार १९:३२

२८ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौंमा आयोजना गरेको बिरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्न लाखौँ लाख जनता आउने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले जनभावना के छ हेरेर ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म, भावना र नेपाली जनताको चाहाना विपरितका काम भए दुर्भाग्य हुने समेत बताउनुभयो । अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउनुभएको छ । यस्तै विरोधसभालाई सम्बोधन गर्नुहुँदै अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान मिच्नु भएको अध्यक्ष नेपालको भनाइ छ । उहाँलेसूर्य चिन्ह आफूहरूसँग भएको र ओलीसँग बयलगाडाको चिन्हमात्रै रहेको दाबी गर्नुभयो । यस्तै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री प्रतिगमन विरुद्धको आन्दोलनले केपी ओलीको तानाशाहलाई समाप्त पार्ने चेतावनी दिनुभयो । नेता खनालले शान्तिपुर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशालाई समाप्त पार्ने धारणा राख्नुभएको हो । सबैलाई संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई बिजयको विन्दुमा पुर्याउन पनि उहाँले सबैलाई आव्हान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*