निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडी बढाउन आयोगलाई प्रधानमन्त्रीको सुझाव

स्वर्णिम खबर
२७ माघ २०७७, मंगलवार १६:५१

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडी बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।

मंगलबार निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरिरहेको तयारी बारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएको प्रधानमन्त्री ओलीले आयोगले निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडी बढाउन सुझाव दिनुभएको हो । उहाँले निर्वाचनको तयारीको सम्बन्धमा आयोगले सन्तोषजनक तयारी गरेको भन्दै धन्यवाद समेत ज्ञापन गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो ।
प्रेस सल्लाहकार थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको समेत जानकारी दिनुभयो । सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ उहाँले दलको विवादको सम्बन्धमा प्रमुख निर्वाचन आयुक्तले माघ ११ गते आयोगले एउटा निर्णय दिईसकेको र त्यसमा फेरी माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको उहाँको भनाई छ । छलफलमा दलको विवादको बारेमा छलफल नभएको उहाँको भनाई छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले खासगरी सुरक्षाको बन्दोबस्ती, बजेट लगायतका विभिन्न विषयहरुमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको र आयोगले निर्वाचनका लागि सम्पूर्ण तयारीको काममा केन्द्रीत गरेको तथा निर्वाचन गराउनुबाहेक आयोगलाई अरु कुराहरुको मतलब नभएको प्रधामन्त्री समक्ष राखेको प्रेस सल्लाहकार थापाको भनाई छ । प्रधानमन्त्री ओलीले निर्वाचनका लागि सबै प्रकारका सहयोग गर्न, साधन स्रोतहरुको कमी हुन नदिन सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*