मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

स्वर्णिम खबर
२३ माघ २०७७, शुक्रबार १६:१०

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताउनुभएको हो ।
उहाँले प्रचण्ड–माधव समुहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताउनुभयो । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड—माधव समूहलाई व्यंग्य गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । जनताले सरकारलाई ५ बर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समुहले व्यवधान गरेकाले संसद विघटन गरी ताजा जनादेशमा गएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गर्नुभयो । बेलायतको उदाहरण दिदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड माधव समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो । प्रचण्ड माधव समुहले संबैधानिक नियुक्तिमा अवरोध गरेको दाबी नि प्रधानमन्त्रीले गर्नुभयो । उहाँले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताउनुभयो । उहाँले कार्यकर्तामाझ चुनावी नारा पनि लगाउनुभयो । सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रेसडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पुर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गर्नुभयो । उहाँले कोभिड विरुद्ध खोप अभियान चलेको उल्ल्ेख गर्दै कोभिड अन्त्य नहुने समय सम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*