सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने प्रचण्डको संकेत
२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम प्रधानमन्त्री केपी ओलीले गरेको बताउनुभएको छ ।
काठमाण्डौमा शुक्रबार बिहान पत्रकासंगको छलफलमा अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने काम केपी ओली मार्फत सबै देश भित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुले गरेको बताउनुभएको हो । यद्यपी गल्ती कमजोरीलाई सच्याउदै नेकपा पार्टीलाई बहुमतको दिशामा ल्याउन सकिन्छ भन्ने विश्वासका साथ अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । विस्तारै कार्यकर्ताहरुले सही गलत छुट्याउन थालेकाले निरास हुने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रको रक्षा हुन्छ कि हुदैन भन्ने प्रश्न नै मुल प्रश्न भएको भन्दै संविधान कुल्चिएर असंवैधानिक बाटो हिड्ने सरकारको कदम नसच्चीए तेस्रो जनआन्दोलन हुन सक्ने संकेत गर्नुभयो । उहाँले सरकार संविधान, नियम कानुन उलंघन गर्दे गुण्डागर्दी शैलीमा अघि बढेको आरोप लगाउनुभयो । आफु एमसीसीको समर्थनमा नगएका र पार्टीले पनि निर्णय नगरिसकेको स्पष्ट पार्नुभयो । सरकारका असंबैधानिक कार्यशैलीको विरोधमा आमहड्ताल आव्हान गरिएकाले त्यसैमा केन्द्रीत हुन आफुले कार्यकर्तालाई भनेको उहाँले स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदममा आफुहरु तमासे नबन्ने चेतावनी दिनुभयो । उहाँले कानून र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदम विरुद्ध शसक्त आन्दोलन गर्ने बताउनुभयो । संसदीय सुनुवाई विना नै संबैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णय विरुद्ध विहिबार देशव्यापी आमहड्ताल गरेको प्रचण्ड माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्या प्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा धन्यवाद पनि दिए ।