केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनु पर्दैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२२ माघ २०७७, बिहीबार १८:३८

२२ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल सहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

विहिबार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई ढाडस दिनुभएको हो । आगामी निर्वाचनमा बहुमत ल्याउछौ भन्ने मनोबल साथ अघि बढ्न निर्देशन दिनुभयो ।
उहाँले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक सुद्धिकरण सहित सुदृढ हुदै अघि बढ्ने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले कम्युनिष्ठ आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको बताउनुभयो । कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो । प्रचण्ड माधव समूहले कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यवसायीकरण नै मुलुकको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*