आज बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

स्वर्णिम खबर
१९ माघ २०७७, सोमबार १२:०८

१९ माघ, हेटौंडा । सोमबार दिउँसो २ बजे बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
आज २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै आइतबार बेलुका सूचना निकालेर स्थगित गरिएको हो । प्रदेशसभा बैठकका लागि प्रदेशका धेरै सांसद हिजोनै हेटौंडा आइसक्नु भएको थियो । प्रदेश सभाले जारी गरेको सूचनामा मिति २०७७ माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते दिनको २ बजे बस्नेु उल्लेख गरिएको छ । आजबाट सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविस्वासको प्रस्ताबमाथी छलफल गर्ने भनिएको थियो । यसैबीच बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–माधव समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरेको छ । आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*