निर्वाचन आयोगद्वारा निर्वाचनको तयारी तीव्र

स्वर्णिम खबर
१७ माघ २०७७, शनिबार १८:१३

१७ माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ ।
आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यतालिका बन्ने क्रममा छ । कार्यतालिका स्वीकृत भएसँगै निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ । निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आयोगले परामर्श गर्न बाँकी नै छ । दलसँगको छलफल र परामर्शपछि आचारसंहिता स्वीकृत गरेर कार्यान्वयनमा ल्याइने आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठले जानकारी दिनुुभयो । कार्यतालिका स्वीकृत भएपछि निर्वाचनमा भाग लिने राजनीतिक दलको पहिचान र निर्धारण हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निश्चित समय दिएर दल दर्ताका लागि आह्वान गर्नेछ । उहाँले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको बहस सर्वाेच्च अदालतमा जारी रहेकाले निर्वाचनका लागि तोकिएको मिति साँघुरिदै गएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*