कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

स्वर्णिम खबर
८ माघ २०७७, बिहीबार १५:३५

८ माघ, काठमाडौं । कोरोनाविरुद्दको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्दको १० लाख डोज खोप बिहिबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो । नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गर्नुभएको हो । मन्त्री त्रिपाठीले यस खोपको न्यायपूर्ण सदुपयोग गरिने बताउनुभयो । पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने उहाँको भनाई छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उहाँले बताउनुभयो । सरकारले आधारभुत जनसंख्याको लागि निशुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताउनुभयो । नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उहाँले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । आगामी दिनमा पारदर्शी ढंगले खोप खरिद प्रक्रिया अगाडी बढाइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*