प्रधानमन्त्री कपः कर्णाली र लुम्बिनी प्रदेशको पहिलो जीत

स्वर्णिम खबर
६ माघ २०७७, मंगलवार १७:२१

६ माघ, काठमाडौं । कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन् ।

कर्णालीले मूलापानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेट जित निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ७७ रनले पराजित गर्दा दुबै टोलीले पहिलो जित निकालेका हुन । मूलपानीको मैदानमा गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समुहको तेश्रो स्थानमा रहेको छ । यस्तै टियु क्रिकेट मैदानमा २ सय ५८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२ दशमलब २ ओभरमा समेटिँदा मात्र १ सय ८० रन जोड्न सक्यो । प्रदेश २ को लागि विवेक यादवले सर्वाधिक ५१ रन बनाएका थिए । यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । प्रतियोगिता अन्तर्गत बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूर पश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*