नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्योः प्रधानमन्त्री ओली
३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टी भित्र भएको ‘कपट पुर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको बताउनुभयो । उहाँले प्रचण्ड माधव समुहलाई संसदीय प्रणालीको अभ्यास र बहस गर्न सुझाव दिनुभयो । उहाँले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा आक्रोश व्यक्त गर्नुभयो ।सरकारले सम्पुर्ण जनताको खुसीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरुको प्रयास सफल हुन नदिने दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिनुभयो । उहाँले केही विषय नपाएपछि मन्त्रीपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताउनुभयो । उहाँले प्रचण्ड माधव समुहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भईसकेको बेलामा निर्वाचन गराउन हुदैन भनेर धम्की दिदै हिडेको बताउनुभयो ।यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओलि पक्षका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले बर्तमान सरकार संविधान अनुरुप नै काम गरिरहेको बताउनुभएको छ ।