संसद् विघटन गरेर ओलीले कलंकको टिका लगायोः प्रचण्ड
२९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले कलंकको टिका लगाएको टिप्पणी गर्नुभएको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान विपरित जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन गरेर ओली इतिहासमा नै कलंकित हुन पुगेको बताउनुभएको हो । पटक पटक पार्टी फुटाउने प्रयास असफल भएपछि पछि ओलीले संसद विघटन गरेको आरोप दाहालले लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफनो निर्णयलाई राजनीतिक निर्णय भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिदै आएको बताउनुभयो । यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले देशलाई संकटमा पु¥याउन खोजेको आरोप लगाउनुभयो । बैशाखमा निर्वाचन कुनै पनि हालतमा नहुने उहाँले दाबी गर्नुभयो । बताउनुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले सर्वसत्तावादी र निरंकुश चरित्र देखाएको आरोप लगाउनुभयो । नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नुपर्नेमा त्यसो नगरिएको उहाँको भनाई छ । मन्त्रीहरुको अधिकार खोसेर मन्त्रीहरुको अपमान गरिएको तथा सचिवहरु मार्फत सरकार चलाउन थालेको उहाँको भनाई छ । यस्तै समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।