कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी हुन्छः स्वास्थ्य मन्त्री त्रिपाठी

स्वर्णिम खबर
२७ पुष २०७७, सोमबार १७:३९

२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको हो । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताउनुभयो । खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने पनि बताउनुभयो । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताउनुभयो । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने पनि बताउनुभयो । खोपको प्राप्ती अन्य व्यवसायीक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि बताउनुभयो । तरपनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको बताउनुभयो । निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पार्नुभयो । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंतिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दिर्घ रोगिहरुको लागि उपलब्ध गराइने बताउनुभयो । नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनुपर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दावी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*