पृथ्वीनारायण शाहको योगदानलाई कदर गदै पृथ्वी जयन्ती मनाईयो

स्वर्णिम खबर
२७ पुष २०७७, सोमबार १२:५३

२७ पुस, काठमाडौं । सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
बि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिनुभएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उहाँको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको छ । पृथ्वी नारायण शाह हरेक नेपालीको अस्तित्वसँग जोडिएको र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेकोले सबै नेपालीले सम्झनुपर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनुभयो ।सरकारले यस दिनलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन छाडेपनि जनस्तरबाट भने यस दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*