प्रधानमन्त्रीले संसद विघटन गर्नु भन्दा राजीनामा दिएको भए राम्रो हुन्थ्योः वामदेव गौतम

स्वर्णिम खबर
२३ पुष २०७७, बिहीबार १७:३१

२३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकता जोगाउन राजीनामा दिएको भए राम्रो हुने बताउनु भएको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लग्दैछन भन्ने थाहा पाएपछि संसद विघटन गर्नु भन्दा प्रधानमन्त्री ओलीले राजीनामा दिएको भए राम्रो हुने बताउनुभयो । राजीनामा दिँदा पार्टी पनि जोगिने र इतिहासमा उदाहरण समेत प्रस्तुत हुने उहाँले बताउनुभयो । नेता गौतमले आफूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान लागेको सम्बन्धमा थाहा नपाएको गुनासो समेत व्यक्त गर्नुभयो । उहाँले अविश्वासको प्रस्ताव लैजाने बेला आफूलाई नसोधिएको गुनासो गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आफूले असंवैधानिक कदम भनेको पनि बताउनुभयो । तर अहिले सार्वोच्च अदालतमा परेका रिटहरु संवैधानिक इजलासमा लगिएपछि असंवैधानिक भन्न नमिल्ने बताउनुभयो । यो बिषयमा बोल्न पाउने मौलिक अधिकार भएपनि अदालतामा विचाराधिन विषयमा असंवैधानिक भन्यो भने अदालतको राजनीतिक रुपमा अपमान हुने बताउनुभयो । आफूले राजनीतिक रुपमा एकता भंग भइसकेको पार्टीलाई फेरीपनि एकता गराउन सकिन्छ की भन्ने तर्फ लागिरहेको पनि बताउनुभयो । तर दुई समूहका मूख्य नेताहरु नै आरोप प्रत्यारोप तर्फ लागेकोले समस्या झनै बढेको बताउनुभयो ।आफूले ७३ वर्षदेखि कम्युनिस्ट आन्दोलन सफलतामा पुगेको देख्न चाहेकाले अहिले पनि एकताकै पक्षमा रहेको नेता गौतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*