प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र

स्वर्णिम खबर
२२ पुष २०७७, बुधबार १७:२३

२२ पुस, काठमाडौं । गत साउन देखी रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराईदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउनका लागि अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघको टोली बुधबार मन्त्रालयमा पुगेको हो । ज्ञापन पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरणको भूमिका खेल्ने बताउनुभयो । गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*