आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले घाँडो भयोः माधवकुमार नेपाल
२१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताउनुभएको
जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा प्रचण्ड–माधव सूहका अध्यक्ष नेपालले यस्तो टिप्पणी गर्नुभएको हो । प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाँड सुनेर आफूलाई पोल्ने गरेको समेत बताउनुभयो । यस्तै प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहु¥याएर बस्नुपर्ने अवस्थामा पु¥याएको समेत बताउनुभयो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको बताउनुभयो । कुनै नेताको महत्वांकांक्षामा ठेस लाग्यो भने प्रतिनिधि सभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यता जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताउनुभयो । संविधानले संसदलाई विशेषाधिकार दिएकाले संसद आफैं सक्रिय हुनुपर्नेमा अध्यक्ष यादवको जोड थियो ।