चुनावलाई कसैले पनि पर सार्न सक्दैन, तोकिएकै मितिमा हुन्छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१९ पुष २०७७, आईतवार १९:१२

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनु भएको छ ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको हो । कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबि गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुर्नस्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने बताउनुभयो । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ । पार्टी भित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय बरबाद गरेकाले संसद भंग गर्नुपरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिन्ह सूर्य आफुहरुले नै पाउने बताउनुभयो । उहाँले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*