लोकतन्त्र विरोधी भेलाको नायक केपी ओलीः झलनाथ खनाल
१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरुलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताउनु भएको हो । बालुवाटारमा संविधान विरोधी, लोकतन्त्र विरोधी र अराजक मान्छेहरुलाई मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको बताउनुभयो । आफैले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलत्कार गरेको समेत वरिष्ठ नेता खनालले बताउनु भएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा कहिले उग्रबामपन्थी र कहिले दक्षिण बामपन्थी भडकाउहरु हाबी भएको उल्लेख गर्दै अहिलेका ओली पनि दक्षिणपन्थी भडकाउ भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सत्तामा पुग्न पार्टीलाई भ¥याङ मात्रै बनाएको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्री ओलीका कारण नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित भएको पनि वरिष्ठ नेता खनालले बताउनुभयो । ओली कम्युनिष्ट आन्दोलका सबैभन्दा कलंकित पात्र भएको समेत बताउनुभयो । संसद विघटनको विषय अदालतमा विचाराधिन रहेपनि आफूहरुले अदालतलाई पर्खेर बस्न नसक्ने समेत वरिष्ठ नेता खनालले बताउनुभयो ।