अदालतको निर्णय कांग्रेसलाई मान्य हुन्छः सभापति देउवा
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकोले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताउनुभएको छ ।
सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको बिरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रुपमा पार्टीले ठम्याएको बताउनुभयो । उहाँले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिएपनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताउनुभएको हो । सरकारको अप्रजातान्त्रिक कदम विरुद्ध पार्टी एक्लैले बिरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाई छ ।