सर्वोच्चले संविधानको व्यवस्था अनुसार नै फैसला गर्छः प्रचण्ड

स्वर्णिम खबर
१० पुष २०७७, शुक्रबार १९:२९

१० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनको कदम असंवैधानिक भनि फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीको आगामी कार्यक्रमको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले संसद विघटनको कदम विरुद्ध नेकपा सर्वोच्च अदालतमा गएको र अदालतले संसद विघटन अलोकतान्त्रिक, असंवैधानिक भनि फैसला गर्नेमा भरोसा रहेको बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले संविधानको व्यवस्था अनुसार नै फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता बिरोधी भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले ओली कम्युनिष्ट बिचार, आचरणबाट बिचलन र पतनको बाटोमा हिडेको भन्दै कम्युनिष्ट आन्दोलन नै सिध्याईदिने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । यस्तै पार्टीका वरिठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको आधिकारिक आफूहरु भएको दाबी गर्नुभयो । उहाँले केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*