बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
१० पुस, हेटौंडा । बागमती प्रदेश सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गरिएको छ ।
बागमती प्रदेशको प्रदेश सभामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको हो । प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको दर्ता गरिएको हो । पुस्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टीले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरिएको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले वताउनुभयो । आफ्नै सरकारका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गराउनका लागि प्रदेशका तीन मन्त्री समेत उपस्थित भएर दर्ता गरेका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल समेत सहभागि भएर सरकारका विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविस्वासको प्रस्ताब दर्ता गर्नका लागि प्रदेशका मन्त्री जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल सहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । सबै सांसद नेपाल र प्रचण्डपक्षका रहेका छन् । अविस्वासको प्रस्ताव दर्ता गर्ने काममा सहभागि नेपाल र प्रचण्ड पक्षका तीनै जना मन्त्रीहरुले राजिनामा समेत दिएका छन् ।