ओली समुह बैठकः प्रचण्डको कार्यकारी अधिकार खारेज

स्वर्णिम खबर
९ पुष २०७७, बिहीबार १८:५४

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ ।
नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताउनुभयो । बैठकले सातै प्रदेशमा पार्टी कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई पार्टी संयोजनको जिम्मा दिने निर्णय बैठकले गरेको हो । त्यसैगरी जनसंगठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*