स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको लेखा समितिको ठहर

स्वर्णिम खबर
३ पुष २०७७, शुक्रबार १८:४४

३ पुस, काठमाडौं । प्रतिनिधि सभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले को–कसले अनियमितता गर्नुभएको छ छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताउनुभयो । समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*