संबैधानिक परिषद् सम्बन्धी अध्यादेश कानुन विपरितः संविधानविद् ज्ञवाली

स्वर्णिम खबर
३० मंसिर २०७७, मंगलवार १९:३५

३० मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता एवं संविधानविद् डाक्टर चन्द्रकान्त ज्ञवालीले संबैधानिक परिषद् सम्बन्धी अध्यादेश कानुन विपरित रहेको प्रतिक्रिया दिनुभएको छ ।
विधायिकाको मनसाय अनुसार संसदले बनाएको कानून हुँदा हुदै त्यसमा उल्लेखित व्यवस्थाले बाधा पुर्याएको पुष्टि विना नै अध्यादेश ल्याउनु विधिको शासन विपरित भएको उहाँले दाबी गर्नुभयो । उहाँले ऐनले पु¥याएको बाधा पुष्ट्याई नभई अध्यादेश ल्याउन नमिल्ने तर्क गर्नुभयो । उहाँले वहुमत सदस्यले निर्णय गर्न सक्ने व्यवस्था गरिनुले अन्य अंगका प्रमुखलाई वाईपास गर्ने र विधायिकाको मनसाय विपरित भएकाले सरकारको निर्णय न्यायीक पुनरावलोकनको घेराभित्र परेको बताउनुभयो । यस्तै संविधानविद् भिमार्जुन आचार्यले अध्यादेश जारी सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ति गरेको बताउनुभयो । अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*