राजावादी आन्दोलनको लागि प्रधानमन्त्रीनै जिम्मेवारः देउवा

स्वर्णिम खबर
२९ मंसिर २०७७, सोमबार १७:१५

२९ मंसिर, हेटौंडा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपीशर्मा ओलीको कार्यशैलीकै कारण राजावादी शक्तिहरु सक्रिय भएको बताउनुभएको छ ।
सरकारविरुद्ध हेटौंडामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले राजावादी आन्दोलनको लागि वर्तमान सरकारनै जिम्मेवार रहेको जिकिर गर्नुभयो । राजाले प्रजातन्त्र नसहेकै कारण कांग्रेस गणतन्त्रमा जानु परेको प्रष्टीकरण दिँदै सभापति देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गर्नुभयो । यस्तै उहाँले कम्युनिष्टहरुले चुनाव जितेपछि हाँस्न र रुन समेत नदिएको बताउनुभयो । सभापति देउवाले कोरोना महामारीको समयमा पनि सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाउनुभयो । क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापन फितलो भएको भन्दै उहाँले महामारीको समयमा सरकारले सन्तोषजनक काम गर्न नसकेको बताउनुभयो । विरोधसभा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डिना र नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानिंयाले पनि सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*