लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने क्षमता नेकपासंग मात्रै छः प्रचण्ड
२७ मंसिर, काठमाडौं । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने क्षमता नेकपासंग मात्रै रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसकी नेतृ कौसर साहलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष दाहालले देशलाई आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर अगाडि बढाउने पनि कम्युष्टि पार्टीकै काँध रहेको बताउनुभयो । विभिन्न चुनौति र समस्यालाई पार लगाउँदै समाजवाद उन्मुख राज्य निर्माणमा सबै कम्प्युष्टि कार्यकर्ताहरु एकजुट हुनुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभयो । यस्तै नेकपाका वरिष्ठ नेता भाधवकुमार नेपालले जनताको मुक्तिका लागि, राष्ट्रको स्वाभिमान माथि उठाई जनतालाई सुख र समृद्धि दिने अभियानमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको भन्दै साहलाई स्वागत गर्नुभयो । वरिष्ठ नेता नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताउनुभयो । संविधान सभा सदस्य एवं कांग्रेस नेतृ साहसँगै युवा बुद्धिजिवि राजनकुमार झा लगायत १ सय ९ जना नेकपामा प्रवेश गरेका हुन् ।