सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखियोः कांग्रेस

स्वर्णिम खबर
२३ मंसिर २०७७, मंगलवार १८:०३

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् ।
बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् । बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बताउनुभयो । उहाँले सरकार सच्चिएर लोकतान्त्रिक पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो । नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*