सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

स्वर्णिम खबर
२३ मंसिर २०७७, मंगलवार १८:०१

२३ मंसिर, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ ।
मंगलबार काठमाडौं स्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एकपटक सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाई मापन गरेका थिए । यस्तै चीनले पनि छुट्टै मापन गरेको थियो । दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाई मापन गरेको भएपनि फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क नापी विभागले प्रशोधन गरेपछि नयाँ उचाई पत्ता लागेको हो । यस अघि सन १९९४ मा सर्वे आफ इन्डियाले नापेको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको थियो । तर विवाद देखिएपछि सन २०१० मा नेपाल र चीनबीच ८ हजार ८ सय ४८ मिटरलाई नै मान्यता दिने समझदारी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*