दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्णः प्रधानमन्त्री

स्वर्णिम खबर
११ मंसिर २०७७, बिहीबार १८:५६

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औैं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पूँजीवाद र नवउदारवादी पूँजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित ग¥यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताउनुभएको हो । त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्न समेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभयो । सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उहाँले बताउनुभयो । देशमा पूँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न समेत उहाँले आग्रह गर्नुभयो । देशमा लगानीका अवसर सिद्धिएको नभई झन बढेकाले देश भित्रै लगानी बढाउन सुझाव दिनुभयो । कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाई परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*