सचिवालय समस्या सिर्जना गर्ने थलो बन्योः महासचिव पौडेल

स्वर्णिम खबर
४ मंसिर २०७७, बिहीबार १६:०३

४ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताउनुभएको छ ।

पार्टीको ‘कोर अफ दि लिडरसीप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाई छ । पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सहि दिशामा दिशावट गर्नका लागि नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो । महासचिव पौडेलले सचिवालयले आफ्नो समिक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । महासचिव पौडेलले आफ्नो अभिभारा सहि ढंगले पुरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रुपमा जिम्मेवरी हस्तान्तरण गर्नुपर्ने पनि बताउनुभयो । बिहिबारको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफुले राखेको उहाँले बताउनुभयो । पार्टी आन्तरिक जीवनमा गम्भिर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उहाँले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*