अहिलेको प्रणालीमाथि नै जनतालाई आशंका भयोः प्रकाशशरण महत
३ मंसिर, काठमाडौं । सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाई छ । निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशसरणले महतले बताउनुभयो । सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । उहाँले सरकार संवेदनशिल नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताउनुभएको छ । महामारी विरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण÷व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडी बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताउनुभयो ।