संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुको आग्रह

स्वर्णिम खबर
२३ कार्तिक २०७७, आईतवार १२:१३

२३ कार्तिक, काठमाडौं । पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।

संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । पूर्व सभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताउनुभयो । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उहाँले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताउनुभयो । जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उहाँले बताउनुभयो । विधि विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि संसदको आवश्यकता रहेको उहाँले बताउनुभयो । यस्तै पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको आरोप लगाउनुभयो । सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले तदारुकता देखाउन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*