क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गर्दै फुटबल टोली
२२ कार्तिक, काठमाडौं । बंगलादेशसंगको दुई मैत्रीपूण खेलका लागि अहिले नेपालको राष्ट्रिय फुटबल टोली ढाकामा व्यस्त छ ।
बिहीबार बंगलादेश प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वारेन्टाइन बसेको होटलमा नै सामान्य अभ्यास गरेको छ । एक साता क्वारेन्टाइन बसाई पछि टोलीले दुई मैत्रिपूर्ण खेल खेल्ने छ । यस अघि होटेलमा रहेको नेपाली टोलीको पीसीआर परीक्षण गरिएको थियो । पाँच दिनको होटेल आइसोलेसनपछि अभ्यासमा फर्किने भनिए पनि टोली तीन दिन पछि नै प्रशिक्षण गर्ने तालिका अगाडि सरेको छ । कोरोना भाईरसको महामारीबीच नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते उसैको मैदानमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालका लागि बंगलादेशसँगको मैत्रिपूर्ण खेल अर्थपूर्ण तरिकाले हेरिएको छ । नेपाल र बंगलादेशबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । एक खेल भने नतिजा विहिन भएको छ । तर बंगलादेशविरुद्धको पछिल्ला ५ भेटमा भने नेपालले सुखद नतिजा निकालेको छ ।