श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग

स्वर्णिम खबर
१३ कार्तिक २०७७, बिहीबार १७:०५

१३ कार्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बिहिबार अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो । महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उहाँले सबै सुझावहरु एकैपटक लागु गर्न सक्ने अवस्था नभएपनि वर्गिकरण गरी तत्कालिन र दिर्घकालिन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो । महासंघले दुर्घटना विमालाई थप विस्तार गरी स्वास्थ्य विमा र जीवनविमाको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*