हेटौंडाउपमहानगरपालिकाका ५ जना पक्राउ
मकवानपुर प्रहरीद्धारा लागूऔषधसहित हेटौंडाउपमहानगरपालिकाका ५ जना पक्राउ परेका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रातोमाटेबाट लागुऔषधसहित उनिहरुलाई पक्राउ गरेको हो । मंगलबार राति विरगंजबाट हेटौँडा तर्फ आउँदै गरेको ना २५ प ६९५७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ सय ७५ पिस नाइट्रोभेट सहित मोटरसाइकल चालक हेटौँडा ३ का ३९ वर्षीय दिनेश भण्डारी र सोही मोटरसाइकलमा सवार हेटौँडा ११ का ४० बर्षीय सिताराम लामिछानेलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । यस्तै मंगलबार रातीनै प्रहरीले शंकास्पद अवस्थामा हिडिरहेका ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा–१७ हटिया बस्ने २७ वर्षीय दिपेस भुजेल, हेटाँैडा –१० राप्तीरोड बस्ने २६ वर्षीय एलिस श्रेष्ठ र हेटौँडा –६ गौरिटार बस्ने २३ वर्षीया नम्रता चौलागाई रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द« बहादुर रानाले बताउनुभयो । प्रहरीले भुजेलको साथबाट ९५ पिस नाइट्रोभेट, श्रेष्ठको साथबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फेनारगन, १५ एम्पुल नुर्फिन र चौलागाईको साथबाट ७५ पिस नाइट्राभेट बरामद गरेको मकवानपुर प्रहरीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।